किन लेख्ने तथा पुस्तक पढ्ने ?

 

किन लेख्ने तथा पुस्तक पढ्ने

 हर मानिसभित्र घाउँ छ,  कुनै न कुनै चोट  नलागेको कोही छैन । कसैले आफ्नो चोटलाई घनत्वमा महसुस गर्लान । कसैले अलि कम कोही देखाउँछन, कोही छुपाउँछन । कसैले व्यक्त गर्छन, कसैले गर्दैन्न । तर, घाउ नलागेको मान्छे हुँदैन । हामी मान्छे, आफ्ना घाउलाई अनावश्यक गिजोलेर, चलाएर नमेटिने दाग बनाउन सक्छौं । हामी मान्छे, आफ्ना घाउलाई सकारात्मक तरिकाले लिएर सुन्दर फूलमा पनि परिणत गर्न सक्छौं । घाउबाट खत बनाउने या फूल ? यी दुईमध्ये कुन बाटो पक्रने भन्ने छनोट मान्छेकै हातमा छ । म आफ्ना घाउलाई दाग बनाउन चाहान्नँ त्यसैले म पुस्तक पढ्छु अनि मन परेका कुरा लेख्छु ।

 

 

 

 

Popular posts from this blog