हदय - डा. भगवान कोइराला (HIRDAYA BY DR. BHAGAWAN KOIRALA)

 समर्पन

सानो हुँदा पढाईमा उत्प्रेरित गर्ने, अलि ठूलो हुँदा ऋण खोजेरै पनि पढाउने, मैले उपरेसन गरेका बिरामीहरुलाई बिसेक होओस् भनी दिनदिनै पूजा गर्ने, औषधी खान पैसा नपुग्दा पनि "जनताको काम गरेकै छ नि" भनेर तित्त बुझाउने अनि अलिअलि नाम चलेपछि नाम नबिग्रियोस् भनि सचेत गराउने मेरो बुबाआमामा समर्पित ।

सबैका बाबा-आमा प्रति समर्पित !


लगनशी, मिहिनेती, इमानदार चिकित्सक मात्र होइन, उस्तै सफल व्यवस्थापक पनि । भगवान कोइरालाको यो पुस्तक पढेपछि थाहा हुन्छ - सत्कर्म गर्नेहरुका लागि हाम्रो राजनीति कति साधक हो, कति वाधक । कोइरालाको यो संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रमा समस्या, समाधान उपलब्धि र सम्भावनाको एेना त देखाउछ नै, सँगै चिकित्सा क्षेत्रलाई जनजनमा पनि पुर्याउनेछ । र बनाउने छ कसैलाई भावुक अनि कसैलाई उत्प्रेरित । डा. कोइराला अनेकौ अवरोध, प्रलोभन, समस्या र अस्तव्यस्ताबीच जेजति गर्नसके, त्यसबारे पढेपछि नास्तिक पनि हुनेछ आस्तिक र भन्नेछ - भगवान, सलाम ।

बाह्र हजारभन्दा बढो मुटुको शल्यक्रिया गरेका डा. कोइराला नेपालमा बालबालिकाको उपचारका निम्ति बहुविशिष्टीकृत अस्पतालको अभाव महसुस गरे । त्यही अभाव कम गर्न र पैसा अनि पहुच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना वनाए ।

सातै प्रदेशाम अस्पताल निर्माणको खाका कोरेका डा. कोइराला र उनको समूहले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, केन्द्रीय अस्पताल भवन निर्माणको काम सुरु गरिसकेको छ ।

हामीले खरिद गर्नभएको यस पुसर्तकबाट प्राप्त हुने लेखकको रोयलटी बाफटको ५० प्रतिशत रकम अस्पताल निर्माण अभियानलाई जानेछ । 

बिशेष गरी नेपालका निजामति क्षेत्रमा हुने र पेशागत सक्षमता साथै कुशल व्यवस्थापक हुन चाहनेहरुका लागि पढ्नै पर्ने पुस्तक हो । 


"Buy this book - Small contribution for future pillar"



Popular posts from this blog