खुसी बाहिर होईन, हामी भित्र छ ? Real Happiness is inner peace?

खुसी बाहिर होईन, हामी भित्र छ ?

कमाउन सक्नु मात्रै उपलब्धी होईन । आफूसँग उपलब्ध न्यूनतम साधन र श्रोतहरुमा पनि रमाउन सक्नु उपलब्धी हो । अझ कमाउदै अनि रमाउदै गर्न सक्ने कला सिके त झन सुनमा सुगन्ध नै हुन्छ । तर वास्तविकता के हो भने हामीहरु कमाउने दौडमा यति व्यस्त हुन्छौ कि रमाउने फुर्सद नै निकाल्न बिर्सेका कुरा जीवनको उत्तरार्धतिर पुगेपछि मात्रै बल्ल थाहा पाउछौ । यद्दपी गुदी कुरा के हो भने रमाउन जाने निकै थोरै साधन र श्रोतहरुमा पनि असंख्य खुसी र आनन्द प्राप्त गर्न सकिन्छ । तर समय छदै त्यस कलाको विधि (Art of living) सिक्ने फुर्सद भने निकाल्न सक्नु पर्छ । र त्यो कला सिक्नको लागि आर्थिक रुपमा भन्दा मानसिक रुपमा बलियो हुन जरुरी हुन्छ । अन्यथा जतिसुकै धन सम्पती, मान सम्मान, पद प्रतिष्ठा ईत्यादी आर्जन गरेको अंहमा जीवन वाचेपनि हाम्रो जीवनको अनत्यतिर आईपुग्दा हामीसँग बाकी रहने भनेको केवल त्यही एउँटा पश्याताप बाहेक अरु केही हुनेछैन । तसर्थ समयमै सचेत रहौ (Aware all the time itself) तर कृपया याद राखौ, रमाउनको लागि औजार(शिल-समाधी-पज्ञा) हामी भित्रै छ ।    











 

 


Popular posts from this blog