Posts

Civil Engineering Career Path: From Diploma to Senior Level

Image
Civil Engineering Career Path: From Diploma to Senior Level Roles and Primary Software Skills Reading Time: 1 Minute Understanding the career path in civil engineering helps in planning education and work experience. 1. Diploma in Civil Engineering With a diploma, entry-level positions include: - Site Engineer (AutoCAD, MS Excel) - CAD Technician (AutoCAD, Revit) - Junior Quantity Surveyor (CostX, PlanSwift) - Draftsman (AutoCAD, SketchUp) After gaining 5-7 years of experience, advancement is possible to: - Site Supervisor (Primavera, MS Project) - Estimator (CostX, Bluebeam) - Quality Control Engineer (MS Excel, SAP) Diploma holders usually need more years of experience to progress to senior roles due to limited academic exposure. Practical experience and certifications can help bridge this gap. 2. Bachelor’s degree in civil engineering A bachelor's degree allows for roles such as: - Project Engineer (AutoCAD, Primavera) - Planning Engineer (Primavera, MS Project) - De...

६२ ‌औँ ईन्जिनियर्स दिवस २०८१

Image
काम सानो-ठूलो भन्ने हुदैन, पसिनाको कुनै पनि रङ्ग र जात पनि हुदैन । काम गरेर खान पनि लजाउनु हुदैन । चोरेर, ढाटेर, छलेर वा लुटेर खान पो लजाउनु पर्छ । जो जहा रहेर जुन काम गर्छ उ त्यसैमा रमाउनु पर्छ, गौरव गर्नुपर्छ र सो काममा समर्पित भएर गर्नुपर्छ । काम नै शक्ति हो, भक्ति हो र मुक्ति हो । कामको ईज्जत गरौँ, एंव पसिनाको सम्मान गरौ । शुद्ध कर्म गरौँ, शुद्ध धर्म गरौँ र धर्मको सारलाई बुझौँ । शुद्ध धर्म भनेको बाहिरवाट नभई स्वयम आफूभित्र हुन्छ । आफूलाई चिनाओं र जीवनलाई सार्थक वनाओं । धर्म भनेको आफू सुख साथ जिउने र अरुलाई पनि सुख साथ जिउन दिने कला हो । सुख कर्ममा मिल्छ । स्वामित्वमा होईन ।  सर्व मंगलम: सवैको कल्याण होस, सवैको भलो होस, सवैको मंगलहोस । सारै प्राणी सुखी होउँन ।

फोटो ग्यालरी

Image
----------फोटो ग्यालरी--------- "निजपर शासन, फिर अनुशासन" - "पहिले आफुले आफैलाई शासनमा राखौ, अनि मात्रै अरुलाई अनुशासनको पाठ पढाउँ"

हदय - डा. भगवान कोइराला (HIRDAYA BY DR. BHAGAWAN KOIRALA)

Image
 समर्पन सानो हुँदा पढाईमा उत्प्रेरित गर्ने, अलि ठूलो हुँदा ऋण खोजेरै पनि पढाउने, मैले उपरेसन गरेका बिरामीहरुलाई बिसेक होओस् भनी दिनदिनै पूजा गर्ने, औषधी खान पैसा नपुग्दा पनि "जनताको काम गरेकै छ नि" भनेर तित्त बुझाउने अनि अलिअलि नाम चलेपछि नाम नबिग्रियोस् भनि सचेत गराउने मेरो बुबाआमामा समर्पित । सबैका बाबा-आमा प्रति समर्पित ! लगनशी, मिहिनेती, इमानदार चिकित्सक मात्र होइन, उस्तै सफल व्यवस्थापक पनि । भगवान कोइरालाको यो पुस्तक पढेपछि थाहा हुन्छ - सत्कर्म गर्नेहरुका लागि हाम्रो राजनीति कति साधक हो, कति वाधक । कोइरालाको यो संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रमा समस्या, समाधान उपलब्धि र सम्भावनाको एेना त देखाउछ नै, सँगै चिकित्सा क्षेत्रलाई जनजनमा पनि पुर्याउनेछ । र बनाउने छ कसैलाई भावुक अनि कसैलाई उत्प्रेरित । डा. कोइराला अनेकौ अवरोध, प्रलोभन, समस्या र अस्तव्यस्ताबीच जेजति गर्नसके, त्यसबारे पढेपछि नास्तिक पनि हुनेछ आस्तिक र भन्नेछ - भगवान, सलाम । बाह्र हजारभन्दा बढो मुटुको शल्यक्रिया गरेका डा. कोइराला नेपालमा बालबालिकाको उपचारका निम्ति बहुविशिष्टीकृत अस्पतालको अभाव महसुस गरे ...

एक ईन्जिनियरको परिचय - Identity of one Engineer !

Image
     एक  ईन्जिनियरको परिचय ! --- (Identity of Engineer) --- कसैले एउटा ईन्जिनियरलाई सोध्यो , ईन्जिनियर हुनुमा तिमीलाई के गर्व हुन्छ ? उसले मुसुक्क हांस्यो र जवाफ दियो “ एउटा वकिलको आम्दानी समाजमा अपराध (Crime) बढेसँगै बढ्छ , एउटा डाक्टरको आम्दानी रोग बढेसँगै बढ्छ तर एउता ईन्जिनियरको आम्दानी मान्छेहरुको संमुन्नती वा देशकै संम्मुन्नती बढ्नाले वढ्छ ” त्यसकारण एउटा ईन्जिनियर हुनुमा मलाई गर्व हुन्छ। हातमा फाईल एउटा वकिलको , हातमा स्टेथस्कोप एउटा डाक्टरको , हातमा चक एउटा शिक्षकको पहिचान हुन्छ तर हातमा केही न हुनु , जे हुनु सबै दिमाग भित्रै हुनु ईन्जिनियरको पहिचान हुन्छ ।                                     (Without Engineer science is just a Philosophy)     

किन लेख्ने तथा पुस्तक पढ्ने ?

Image
  किन लेख्ने तथा पुस्तक पढ्ने   हर मानिसभित्र घाउँ छ ,  कुनै न कुनै चोट  नलागेको कोही छैन । कसैले आफ्नो चोटलाई घनत्वमा महसुस गर्लान । कसैले अलि कम कोही देखाउँछन , कोही छुपाउँछन । कसैले व्यक्त गर्छन , कसैले गर्दैन्न । तर , घाउ नलागेको मान्छे हुँदैन । हामी मान्छे , आफ्ना घाउलाई अनावश्यक गिजोलेर , चलाएर नमेटिने दाग बनाउन सक्छौं । हामी मान्छे , आफ्ना घाउलाई सकारात्मक तरिकाले लिएर सुन्दर फूलमा पनि परिणत गर्न सक्छौं । घाउबाट खत बनाउने या फूल ? यी दुईमध्ये कुन बाटो पक्रने भन्ने छनोट मान्छेकै हातमा छ । म आफ्ना घाउलाई दाग बनाउन चाहान्नँ त्यसैले म पुस्तक पढ्छु अनि मन परेका कुरा लेख्छु ।        

Banana Republic - केरा गणतन्त्र

Image
सजिलै फलाउन सकिने केरा पनि आयात गरेर खानुपर्ने ,  भ्रस्टचारमा चुर्लुम्म डुबेको तर जनताको नाममा शासन गरिने निकम्बा व्यवस्थाको अर्को नाम हो - केरा गणतन्त्र  More about Banana Republic:  Is NEPAL a BANANA REPUBLIC? (youtube.com)

खुसी बाहिर होईन, हामी भित्र छ ? (भाग-२) Real Happiness is inner peace?

Image
खुसी बाहिर होईन , हामी भित्र छ ? (भाग-२) कमाउन सक्नु मात्रै उपलब्धी होईन । आफूसँग उपलब्ध न्यूनतम साधन र श्रोतहरुमा पनि रमाउन सक्नु उपलब्धी हो । अझ कमाउदै अनि रमाउदै गर्न सक्ने कला सिके त झन सुनमा सुगन्ध नै हुन्छ । तर वास्तविकता के हो भने हामीहरु कमाउने दौडमा यति व्यस्त हुन्छौ कि रमाउने फुर्सद नै निकाल्न बिर्सेका कुरा जीवनको उत्तरार्धतिर पुगेपछि मात्रै बल्ल थाहा पाउछौ । यद्दपी गुदी कुरा के हो भने रमाउन जाने निकै थोरै साधन र श्रोतहरुमा पनि असंख्य खुसी र आनन्द प्राप्त गर्न सकिन्छ । तर समय छदै त्यस कलाको विधि (Art of living) सिक्ने फुर्सद भने निकाल्न सक्नु पर्छ । र त्यो कला सिक्नको लागि आर्थिक रुपमा भन्दा मानसिक रुपमा बलियो हुन जरुरी हुन्छ । अन्यथा जतिसुकै धन सम्पती , मान सम्मान , पद प्रतिष्ठा ईत्यादी आर्जन गरेको अंहमा जीवन वाचेपनि हाम्रो जीवनको अनत्यतिर आईपुग्दा हामीसँग बाकी रहने भनेको केवल त्यही एउँटा पश्याताप बाहेक अरु केही हुनेछैन । तसर्थ समयमै सचेत रहौ (Aware all the time itself) तर कृपया याद राखौ , रमाउनको लागि औजार ( शिल - समाधी - पज्ञा ) हामी भित्रै छ ।     ...

हाम्रो सम्वन्धन / प्रेम

Image
सम्बन्ध साथी जस्तो लाग्छ , पक्का साथी ! जुन बेला मलाई जे गर्न मन लाग्छ छोरी - वुढीले मलाई केही गुनासो गर्दैन्न । मेरा बाध्यता , विवश्ता , मेरा चाहाना र मेरा रुचीहरुको विरक्ता वुझ्छन जस्तो लाग्छ । त्यसैले म जुन वखत जे गर्न चाहान्छु मेरो छोरी - वढीले रोक्दैन्न । भनिन्छ नि , साचो प्रेम भनेको कसैलाई वाधेर राख्नु होईन । साचो प्रेम भनेको प्रेमिलाई स्वतन्त्रता दिनु हो , जहाँ मन लाग्छ उड्न दिनु हो , यदि प्रेम साचो रहेछ भने जाने मानिस फर्केर आउँछ । यदि पर्केर आएन भने साचो प्रेम रहेन्छ भनेर सम्झनु पर्दछ । मैले जे गर्दा पनि कहिलै नगर भनेन्न , बुझ्छन जस्तो लाग्छ मलाई मेरो परिवारले जव म घर फर्केर जान्छु खुल्ला प्रेमले स्वागत गर्दछन मेरा दुबै प्रेमीले यही त होला साचो अर्थमा प्रेम सम्बन्ध भनेको ।      

घर नक्सा पास सम्बन्धि जानकारी ।

Image
   घर नक्सा पास सम्बन्धि जानकारी  ---------------------------------------------------------------------------------------------------------------------------- तपाईंले घर बनाउन सुरु गर्नुभन्दा पहिला नगरपालिकामा नक्सा (डिजाइन) पास गर्नुपर्छ । आर्किटेक इञ्जिनियरले बनाएको घरको नक्सा स्थानीय तहबाट पास भइसकेपछि बल्ल घर बनाउन पाइन्छ । नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिदैन । यदि अवैधानिक रुपमा घर बनाउन थालेको पाएमा स्थानीय निकायलाई सबै कामकाज रोकिदिन सक्छ ।  स्थानीय निकायको स्वीकृति नलिई घर बनाउन सुरु गर्नु मुर्खता मात्र हुन्छ । सुरक्षा, सहरी विकास र व्यवस्थित बस्ती विकाको लागि नक्सा पास गर्नुपर्ने व्यवस्था लागू गरिएको हो । स्थानीय तहले आ–आफ्नो भवन निर्माण मापदण्ड अनुसार घर निर्माणका लागि स्वीकृति दिने गर्छन् । घर निर्माणको स्वीकृति लिन अर्थात् नक्सा पास गर्नका लागि नगरपालिका जानुपर्ने हुन्छ ।  हामी तपाईंलाई घर बनाउँदा वा घर पुनर्निर्माण गर्दा वा घरको तल्ला थप्दा नक्सा पास गर्नका लागि नगरपालिकामा लिनु पर्ने आवश्यक  कागजपत्रहर नयाँ निर्माणको लागि नक्शा पास गर...