Posts

Showing posts from July, 2024

६२ ‌औँ ईन्जिनियर्स दिवस २०८१

Image
काम सानो-ठूलो भन्ने हुदैन, पसिनाको कुनै पनि रङ्ग र जात पनि हुदैन । काम गरेर खान पनि लजाउनु हुदैन । चोरेर, ढाटेर, छलेर वा लुटेर खान पो लजाउनु पर्छ । जो जहा रहेर जुन काम गर्छ उ त्यसैमा रमाउनु पर्छ, गौरव गर्नुपर्छ र सो काममा समर्पित भएर गर्नुपर्छ । काम नै शक्ति हो, भक्ति हो र मुक्ति हो । कामको ईज्जत गरौँ, एंव पसिनाको सम्मान गरौ । शुद्ध कर्म गरौँ, शुद्ध धर्म गरौँ र धर्मको सारलाई बुझौँ । शुद्ध धर्म भनेको बाहिरवाट नभई स्वयम आफूभित्र हुन्छ । आफूलाई चिनाओं र जीवनलाई सार्थक वनाओं । धर्म भनेको आफू सुख साथ जिउने र अरुलाई पनि सुख साथ जिउन दिने कला हो । सुख कर्ममा मिल्छ । स्वामित्वमा होईन ।  सर्व मंगलम: सवैको कल्याण होस, सवैको भलो होस, सवैको मंगलहोस । सारै प्राणी सुखी होउँन ।

फोटो ग्यालरी

Image
----------फोटो ग्यालरी--------- "निजपर शासन, फिर अनुशासन" - "पहिले आफुले आफैलाई शासनमा राखौ, अनि मात्रै अरुलाई अनुशासनको पाठ पढाउँ"

हदय - डा. भगवान कोइराला (HIRDAYA BY DR. BHAGAWAN KOIRALA)

Image
 समर्पन सानो हुँदा पढाईमा उत्प्रेरित गर्ने, अलि ठूलो हुँदा ऋण खोजेरै पनि पढाउने, मैले उपरेसन गरेका बिरामीहरुलाई बिसेक होओस् भनी दिनदिनै पूजा गर्ने, औषधी खान पैसा नपुग्दा पनि "जनताको काम गरेकै छ नि" भनेर तित्त बुझाउने अनि अलिअलि नाम चलेपछि नाम नबिग्रियोस् भनि सचेत गराउने मेरो बुबाआमामा समर्पित । सबैका बाबा-आमा प्रति समर्पित ! लगनशी, मिहिनेती, इमानदार चिकित्सक मात्र होइन, उस्तै सफल व्यवस्थापक पनि । भगवान कोइरालाको यो पुस्तक पढेपछि थाहा हुन्छ - सत्कर्म गर्नेहरुका लागि हाम्रो राजनीति कति साधक हो, कति वाधक । कोइरालाको यो संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रमा समस्या, समाधान उपलब्धि र सम्भावनाको एेना त देखाउछ नै, सँगै चिकित्सा क्षेत्रलाई जनजनमा पनि पुर्याउनेछ । र बनाउने छ कसैलाई भावुक अनि कसैलाई उत्प्रेरित । डा. कोइराला अनेकौ अवरोध, प्रलोभन, समस्या र अस्तव्यस्ताबीच जेजति गर्नसके, त्यसबारे पढेपछि नास्तिक पनि हुनेछ आस्तिक र भन्नेछ - भगवान, सलाम । बाह्र हजारभन्दा बढो मुटुको शल्यक्रिया गरेका डा. कोइराला नेपालमा बालबालिकाको उपचारका निम्ति बहुविशिष्टीकृत अस्पतालको अभाव महसुस गरे

एक ईन्जिनियरको परिचय - Identity of one Engineer !

Image
     एक  ईन्जिनियरको परिचय ! --- (Identity of Engineer) --- कसैले एउटा ईन्जिनियरलाई सोध्यो , ईन्जिनियर हुनुमा तिमीलाई के गर्व हुन्छ ? उसले मुसुक्क हांस्यो र जवाफ दियो “ एउटा वकिलको आम्दानी समाजमा अपराध (Crime) बढेसँगै बढ्छ , एउटा डाक्टरको आम्दानी रोग बढेसँगै बढ्छ तर एउता ईन्जिनियरको आम्दानी मान्छेहरुको संमुन्नती वा देशकै संम्मुन्नती बढ्नाले वढ्छ ” त्यसकारण एउटा ईन्जिनियर हुनुमा मलाई गर्व हुन्छ। हातमा फाईल एउटा वकिलको , हातमा स्टेथस्कोप एउटा डाक्टरको , हातमा चक एउटा शिक्षकको पहिचान हुन्छ तर हातमा केही न हुनु , जे हुनु सबै दिमाग भित्रै हुनु ईन्जिनियरको पहिचान हुन्छ ।                                     (Without Engineer science is just a Philosophy)     

किन लेख्ने तथा पुस्तक पढ्ने ?

Image
  किन लेख्ने तथा पुस्तक पढ्ने   हर मानिसभित्र घाउँ छ ,  कुनै न कुनै चोट  नलागेको कोही छैन । कसैले आफ्नो चोटलाई घनत्वमा महसुस गर्लान । कसैले अलि कम कोही देखाउँछन , कोही छुपाउँछन । कसैले व्यक्त गर्छन , कसैले गर्दैन्न । तर , घाउ नलागेको मान्छे हुँदैन । हामी मान्छे , आफ्ना घाउलाई अनावश्यक गिजोलेर , चलाएर नमेटिने दाग बनाउन सक्छौं । हामी मान्छे , आफ्ना घाउलाई सकारात्मक तरिकाले लिएर सुन्दर फूलमा पनि परिणत गर्न सक्छौं । घाउबाट खत बनाउने या फूल ? यी दुईमध्ये कुन बाटो पक्रने भन्ने छनोट मान्छेकै हातमा छ । म आफ्ना घाउलाई दाग बनाउन चाहान्नँ त्यसैले म पुस्तक पढ्छु अनि मन परेका कुरा लेख्छु ।        

Banana Republic

Image
सजिलै फलाउन सकिने केरा पनि आयात गरेर खानुपर्ने ,  भ्रस्टचारमा चुर्लुम्म डुबेको तर जनताको नाममा शासन गरिने निकम्बा व्यवस्थाको अर्को नाम हो - केरा गणतन्त्र  More about Banana Republic:  Is NEPAL a BANANA REPUBLIC? (youtube.com)

खुसी बाहिर होईन, हामी भित्र छ ? Real Happiness is inner peace?

Image
खुसी बाहिर होईन , हामी भित्र छ ? कमाउन सक्नु मात्रै उपलब्धी होईन । आफूसँग उपलब्ध न्यूनतम साधन र श्रोतहरुमा पनि रमाउन सक्नु उपलब्धी हो । अझ कमाउदै अनि रमाउदै गर्न सक्ने कला सिके त झन सुनमा सुगन्ध नै हुन्छ । तर वास्तविकता के हो भने हामीहरु कमाउने दौडमा यति व्यस्त हुन्छौ कि रमाउने फुर्सद नै निकाल्न बिर्सेका कुरा जीवनको उत्तरार्धतिर पुगेपछि मात्रै बल्ल थाहा पाउछौ । यद्दपी गुदी कुरा के हो भने रमाउन जाने निकै थोरै साधन र श्रोतहरुमा पनि असंख्य खुसी र आनन्द प्राप्त गर्न सकिन्छ । तर समय छदै त्यस कलाको विधि (Art of living) सिक्ने फुर्सद भने निकाल्न सक्नु पर्छ । र त्यो कला सिक्नको लागि आर्थिक रुपमा भन्दा मानसिक रुपमा बलियो हुन जरुरी हुन्छ । अन्यथा जतिसुकै धन सम्पती , मान सम्मान , पद प्रतिष्ठा ईत्यादी आर्जन गरेको अंहमा जीवन वाचेपनि हाम्रो जीवनको अनत्यतिर आईपुग्दा हामीसँग बाकी रहने भनेको केवल त्यही एउँटा पश्याताप बाहेक अरु केही हुनेछैन । तसर्थ समयमै सचेत रहौ (Aware all the time itself) तर कृपया याद राखौ , रमाउनको लागि औजार ( शिल - समाधी - पज्ञा ) हामी भित्रै छ ।        

हाम्रो सम्वन्धन / प्रेम

Image
सम्बन्ध साथी जस्तो लाग्छ , पक्का साथी ! जुन बेला मलाई जे गर्न मन लाग्छ छोरी - वुढीले मलाई केही गुनासो गर्दैन्न । मेरा बाध्यता , विवश्ता , मेरा चाहाना र मेरा रुचीहरुको विरक्ता वुझ्छन जस्तो लाग्छ । त्यसैले म जुन वखत जे गर्न चाहान्छु मेरो छोरी - वढीले रोक्दैन्न । भनिन्छ नि , साचो प्रेम भनेको कसैलाई वाधेर राख्नु होईन । साचो प्रेम भनेको प्रेमिलाई स्वतन्त्रता दिनु हो , जहाँ मन लाग्छ उड्न दिनु हो , यदि प्रेम साचो रहेछ भने जाने मानिस फर्केर आउँछ । यदि पर्केर आएन भने साचो प्रेम रहेन्छ भनेर सम्झनु पर्दछ । मैले जे गर्दा पनि कहिलै नगर भनेन्न , बुझ्छन जस्तो लाग्छ मलाई मेरो परिवारले जव म घर फर्केर जान्छु खुल्ला प्रेमले स्वागत गर्दछन मेरा दुबै प्रेमीले यही त होला साचो अर्थमा प्रेम सम्बन्ध भनेको ।      

घर नक्सा पास सम्बन्धि जानकारी ।

Image
   घर नक्सा पास सम्बन्धि जानकारी  ---------------------------------------------------------------------------------------------------------------------------- तपाईंले घर बनाउन सुरु गर्नुभन्दा पहिला नगरपालिकामा नक्सा (डिजाइन) पास गर्नुपर्छ । आर्किटेक इञ्जिनियरले बनाएको घरको नक्सा स्थानीय तहबाट पास भइसकेपछि बल्ल घर बनाउन पाइन्छ । नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिदैन । यदि अवैधानिक रुपमा घर बनाउन थालेको पाएमा स्थानीय निकायलाई सबै कामकाज रोकिदिन सक्छ ।  स्थानीय निकायको स्वीकृति नलिई घर बनाउन सुरु गर्नु मुर्खता मात्र हुन्छ । सुरक्षा, सहरी विकास र व्यवस्थित बस्ती विकाको लागि नक्सा पास गर्नुपर्ने व्यवस्था लागू गरिएको हो । स्थानीय तहले आ–आफ्नो भवन निर्माण मापदण्ड अनुसार घर निर्माणका लागि स्वीकृति दिने गर्छन् । घर निर्माणको स्वीकृति लिन अर्थात् नक्सा पास गर्नका लागि नगरपालिका जानुपर्ने हुन्छ ।  हामी तपाईंलाई घर बनाउँदा वा घर पुनर्निर्माण गर्दा वा घरको तल्ला थप्दा नक्सा पास गर्नका लागि नगरपालिकामा लिनु पर्ने आवश्यक  कागजपत्रहर नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आव

AutoCAD के हो ? कसलाई आबश्यक छ ? किन सिक्ने ?

Image
  अटोक्याड ,  इन्टरनेटको दुनियाँमा चिरपरिचित शब्द हो । अटोक्याड शब्द सुनेको भए पनि वास्तविक रूपमा यो के हो र कसरी काम गर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । अटोक्याड एउटा कम्प्युटर एइडेड ( Aided)  ड्राफ्ट प्रोग्राम हो , अझ यसलाई सजिलो भाषामा बुझ्दा कमप्यूटरको सहयोगले विभिन्न चित्र बनाउने भनेर पनि बुझ्न सकिन्छ,  जसलाई विभिन्न डिजाइन प्रक्रियामा प्रयोग गरिन्छ ।   आफ्नो क्षेत्रमा यस सफ्टवेयरलाई निकै सफल मानिन्छ । यो सफ्टवेयरलाई विशेषगरी विभिन्न किसिमका डिजाइनका काममा उपयोग गर्न सक्छौँ ।   आज हामी विभिन्न किसिमका डिजाइनका लागि उपयोगी हुने अटोक्याडका बारेमा विस्तृत जानकारी दिँदैछौँ । यसमा सबैभन्दा पहिले क्याडको बारेमा बुझ्नुपर्ने हुन्छ । क्याड ( CAD)  को पूरा रूप  ' कम्प्युटर एइडेड डिजाइन ' (Computer Aided Design)  हो । अर्थात् कम्प्युटरको प्रयोग गरी डिजाइनको क्रियसन ,  परिमार्जन ,  विश्लेषण गर्नु नै कम्प्युटर एइडेड डिजाइन हो । यो एउटा त्यस्तो डिजिटल प्रविधि हो ,  जसलाई टुडी वा थ्रीडी डिजाइनका प्रोजेक्ट तयार पार्न प्रयोग गर्न सकिन्छ ।   कुनै पनि क्याड प्रोजेक्टका लागि कम्प्युटर र

विपश्यना के हो - What is Vipassana Meditation ?

Image
    विपश्यना ,  जसको अर्थ वस्तुहरू वास्तवमा जस्तै देख्नु हो ,  ध्यान भारतको सबैभन्दा प्राचीन प्रविधिहरू मध्ये एक हो। यसलाई गौतम बुद्धले २५०० वर्ष भन्दा पहिले पुनः पत्ता लगाएका थिए र उनले विश्वव्यापी रोगहरूको लागि विश्वव्यापी उपचारको रूपमा सिकाएका थिए ,  अर्थात् ( Art of living)  यस गैर-साम्प्रदायिक प्रविधिको उद्देश्य मानसिक अशुद्धताहरूको पूर्ण उन्मूलन र परिणामस्वरूप पूर्ण मुक्तिको उच्चतम खुशी हो। विपश्यना आत्म-अवलोकनको माध्यमबाट आत्म-रूपान्तरणको एक तरिका हो। यसले मन र शरीरबीचको गहिरो अन्तरसम्बन्धमा ध्यान केन्द्रित गर्दछ ,  जुन शरीरको जीवन निर्माण गर्ने शारीरिक संवेदनाहरूमा अनुशासित ध्यान दिएर प्रत्यक्ष रूपमा अनुभव गर्न सकिन्छ ,  र जसले निरन्तर मनको जीवनलाई अन्तरसम्बन्धित र अवस्था दिन्छ। यो अवलोकनमा आधारित ,  आत्म-अन्वेषणात्मक यात्रा हो जुन मन र शरीरको साझा जरामा जान्छ जसले मानसिक अशुद्धतालाई भंग गर्दछ ,  फलस्वरूप प्रेम र करुणाले भरिएको सन्तुलित मन हुन्छ। व्यक्तिको विचार ,  भावना ,  निर्णय र संवेदनालाई सञ्चालन गर्ने वैज्ञानिक नियमहरू स्पष्ट हुन्छन्। प्रत्यक्ष अनुभवको माध्यमबाट ,  व्यक्त

किन बन्ने इन्जिनियर - Why become an Engineer?

Image
  किन बन्ने इन्जिनियर ? इन्जिनियर बन्न सोचे जति सहज छैन । ४ वर्ष जटिल प्राविधिक अध्ययन र फिल्ड वर्कमा बिताएर स्नातक तह पार गरेपछि इन्जिनियर भइन्छ । इन्जिनियरिङ डिग्रीले एक इन्जिनियर हुन मात्र सिकाउँदैन । यसले एक कुशल व्यवस्थापक, व्यापारी र उद्यमी बन्न पनि सिकाउँछ । इन्जिनियरिङलाई सबैभन्दा पुरस्कृत र रमाइलो पेसाको रूपमा लिइन्छ। कुनै पनि विषयको इन्जिनियरिङ डिग्रीले तपाईंलाई आकर्षक तलब दिलाउनुका साथै संसारको कुनै पनि कुनामा सजिलै लैजान सक्छ । यस्ता छन् इन्जिनियर बन्नैपर्ने ७ कारण: रचनात्मकताको प्रयोग: सामान्यतया इन्जिनियरहरूले गर्ने काम भनेको मात्र रचनात्मक हुने हो । इन्जिनियरिङमा गणित र भौतिक विज्ञान पढाइनेभन्दा पनि कसरी प्रयोग गर्ने भनेर सिकाइन्छ । सो सिकाइबाट आफ्नो सीप विकास त हुन्छ नै, अझ बढी कलात्मक र रचनात्मक पनि भइन्छ । संसार घुम्ने अवसर दिलाउँछ: हाल संसारभरि इन्जिनियरिङ डिग्रीको ठूलै माग छ र यसलाई सम्मान पनि गरिन्छ । इन्जिनियरिङ डिग्रीवालाले संसारको कुनै पनि कुनामा काम गर्न चाहेमा सजिलै पाउने गर्छन् । पर्याप्त तलब: संसारकै उदाहरण हेर्ने हो भने सबैभन्दा धेरै तलब खाने पेसाकर्मीमा इन
Image
"मेरा सबै असफलताको कारण, म आफै हु । मेरा सफलताको रहस्य माता-पिता र गुरुजनको आशिर्वाद हो"                                      -विज्ञान र आध्यातम मेरा जीवनका अभिन्न अङ्ग हुन वाकी फगत कर्मका फल मात्र हुन । For Contact Mailing Address: Bhume Rural Municipality-08 Rukum (East), Lumbini Province, Nepal E-mail               : rmagar.com.np@gmail.com Cell Phone       : +977-9866911194 Linktr.ee           : https://linktr.ee/rajuofficialnepal     Social Media    :  सव-ईन्जिनियर राजु मगर (@rajuofficialnepal) • Instagram photos and videos
  E-Library: नेपाली पुस्तकालय -  E-Pustakalaya | homepage Open Library -  Welcome to Open Library | Open Library Thuprai.com -  Thuprai - Your Source for Books in Nepal | Thuprai Nepal National Library -  Nepal National Library | Nepal National Library (nnl.gov.np) Gutenberg.org -  Free eBooks | Project Gutenberg PDF Books World -  All Subjects PDF books download free (pdfbooksworld.com) Asia's free Library for Children -  Let's Read | Children's Books | Free to Read Download Translate (letsreadasia.org) Textbooks Class 1 to 10 -  यसरी निःशुल्क डाउनलोड गर्नुहोस् कक्षा १ देखि १० सम्मका सम्पूर्ण पुस्तक (techpana.com) Aptitude Questions and Answers - IndiaBIX MCQ Questions and Solutions for all Competitive Exams - Examveda ----------------------------------------------------------------------------------------------------------------------
  पूर्वाधार विकास चक्र (Infrastructure Development, Project Cycle): योजना तयारी (Planning Process): आवश्यकता पहिचान योजना पहिचान अनुमोदन तथा वजेट स्वीकृति सम्भावेयता अध्ययन (Feasibility Study of the Project): सम्भाव्यता अध्ययन / सर्वेक्षण वातावरणीय अध्ययन तथा र निर्माण विकल्पको पहिचान प्रारम्भिक लागत अनुमान सर्वेक्षण र डिजाईन (Survey & Design): विस्तृत सर्वेक्षण डिजाईन, नक्सा, गुणस्तर एंम लागत अनुमान निर्धारण निर्माण कार्यान्वयन तालिका एंव स्रोत साधनको स्तर निर्धारण सामाजिक परिचालन (Social Mobilization): समुदाय परिचालन तथा चेतना अभिवृद्दि सार्वजनिक सुनुवाई / छलफल निर्माण कार्य (Construction Works): स्थलगत सुपरिवेक्षण निर्माण समूहलाई तालिम गुणस्तरको सुनिश्चितता सार्वजनिक लेखापरिक्षण निर्माण सम्पन्न प्रतिवेदन  उपयोग तथा मर्मत सम्भार (Project Operation Rehabilitation & Maintenance): उपयोग तथा मर्मत सम्भार सम्बन्धि तालिम तथा व्यवस्था योजना कार्यान्वयनका सिकाई (Project Implementation Feedback): Important links for Engineer before Planning of any Project in Nepal:  राष्ट्रिय योजना आय

12 Reasons Why Reading Books Should Be Part of Your Life:

Image
12 Reasons Why Reading Books Should Be Part of Your Life: 1. Knowledge Highway: Books offer a vast reservoir of knowledge on virtually any topic imaginable. Dive deep into history, science, philosophy, or explore new hobbies and interests. 2. Enhanced Vocabulary: Regular reading exposes you to a wider range of vocabulary, improving your communication skills and comprehension. 3. Memory Boost: Studies suggest that reading can help sharpen your memory and cognitive function, keeping your mind active and engaged. 4. Stress Reduction: Curling up with a good book can be a form of mental escape, offering a temporary reprieve from daily anxieties and a chance to unwind. 5. Improved Focus and Concentration: In today's fast-paced world filled with distractions, reading strengthens your ability to focus and concentrate for extended periods. 6. Empathy and Perspective: Stepping into the shoes of fictional characters allows you to develop empathy and gain a deeper understanding of different pe